रवीन्द्र स्मृति प्रतिष्ठानलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा, वाइडबढीबारे यसो भने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 06:17:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ गरेका छन् । कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदमा निर्वाचित भएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री रहँदा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएको थियो ।

उनको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारकोतर्फबाट एक करोड उपलब्ध गराउने घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने , “रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।”

रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराए ।

विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आफुले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझारी, आक्रोश, रिस नदेखिएको र उहाँ सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिका धनी हुनुहुन्थ्यो ।”

सुशासन र विकासको चरणमा मुलुक प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “नकारात्मक सोच्ने, जुनसुकै कुराको विरोध गर्ने, सकारात्मक प्रयासलाई पनि दूषित बनाउने देखिएको तर, सकारात्मक सोचाइ राख्ने रवीन्द्र दृढ, स्पष्ट, गतिशील र कार्यप्रति समर्पित व्यक्तिका धनी हुनुहुन्थ्यो ।”

सरकारी कामको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरी फर्कने क्रममा दुखद् घटनाको स्मरण गर्दा प्रधानमन्त्री भावुक हुँदै भने, “वर्षौंसम्म मन्त्री भएर गर्न नसकेको काम एक वर्षमै गरेका रवीन्द्रले आफ्ना पाइलको पद चिह्न छोडेको जो वर्षौंसम्म कायम रहनेछ ।”

वाइडबडीको काण्ड रवीन्द्र मन्त्री बन्नुभन्दा पहिलेको घटना रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने , “क्षुद्रमतिका मानिस र केही संस्थाले पोलेको, आफूले निर्दोषलाई निर्दोष भन्न नपाउने तर, क्षुद्रमतिले निर्दोषलाई दोषी भन्न पाउने ? ” ओलीले भने ' उनले जिउँदैमा कसैको आँखामा आँशु ल्याएनन् तर निधनपछि सबैको आँखामा आँशु ल्याएकाले रवीन्द्रप्रति देश र पार्टी गर्व गर्दछ । '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved