लगानी बोर्डका निर्णय समयमै कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 06:02:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका निर्णय समयमै प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न ३८औँ बैठकलाई सम्बोधन गर्दै बोर्डका अध्यक्षसमेत रहेका उनले बोर्डका निर्णयहरु छिटोछरितो ढङ्गले कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बोर्डले एकपछि अर्काे विकासका योजना ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले बोर्डलाई काम गर्न कुनै अवरोध भएमा त्यसलाई हटाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री ओलीले भने, “आवश्यक भए ऐन कानून संशोधन गर्नुहोस् वा जनशक्ति थप गर्नुहोस् तर बोर्डले काम नियमित रुपमा गर्नुपर्छ ।”

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved