ओली र प्रचण्डको छलफल सकारात्मक, जिल्ला इन्चार्जको नाममा सहमति!

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 08:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार आयोजित नेकपा अध्यक्षद्वयवीचको छलफल सकारात्मक रुपमा टुंगिएको छ। जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउन आज बसेको बैठकले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाएको छ।       

दुई अध्यक्षले टुंगो लगाएको नाममाथि थप छलफलका लागि मंगलबार बिहान साढे ७ बजे माधव नेपाललाई बालुवाटारमा बोलाइएको बताइएको छ। मंगलबार अपरान्ह बस्ने बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जहरुको नाम अनुमोदन गर्ने छ।   

विभाग र जिल्ला इञ्चार्जहरुको टुंगो लगाउनका लागि बोलाइएको सचिवालय बैठक दुई पटक सरिसकेको छ। शनिबार बोलाइएको बैठक सोमबारलाई सारिएको थियो । सोमबारको बैठक मंगलबार अपरान्ह सारिएको छ। 

    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved