कुलमान घिसिङलाई अख्तियार लगाउन महेश बस्नेतको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 11:39:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् ।  पूर्व उद्योग मन्त्री समेत रहेका नेता बस्नेतले सार्वजनिक लेखा समिति समक्ष पनि घिसिङमाथि छानबिन गर्न माग गरेका छन् । 

मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा नेता बस्नेतले प्राधिकरणले ९ अर्ब बढी बक्यौता उठान नसकेको विषयमा नेकपा सांसद अमनलाल मोदीले प्रश्न सांसदमाथि नै जाइलाग्ने खालको उत्तर दिएको भन्दै घिसिङलाई छानबिन गर्न माग गरे । 

बस्नेतले भने ‘कुलमानजीले मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो । कुलमानजीले गरेका काममा हाम्रो साथ सहयोग र समर्थन छ । तर मोदीजीले उठाएका विषय गम्भीर छन् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved