पक्राउ परेका ज्योतिष थापाको यस्तो छ वास्तविकता !

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2019 | 02:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिकमा अफवाह फैलाएको भन्दै ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनले जेठ महिनाभित्रमा नेपालमा ठूलो भूकम्प आउने भन्दै हल्ला फैलाएपछि उनलाई पक्राउ गरिएको हो । तर उनी ज्योतिष हुन भन्ने विषयमा उनका नजिकका आफन्त भने फरक धारणा राख्छन् ।

के उनी साँच्चै ज्योतिष नै हुन् त ? उनी भारतमा अध्ययन गरेर आफू फेस रिडर (अनुहार पढ्ने) व्यक्ति भएको भन्दै नागरिकमा अफवाह फैलाउँदै आएका छन् । तर उनी न फेस रिडर हुन न ज्योतिष नै ।

अर्जुन थापा (उनको भाषमा युवा ज्योतिष अर्जुन क्षेत्री) ले २०७२ सालमा रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित श्री माध्यमिक विद्यालय भङ्गेरीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । विद्यालयका प्रधानाध्यापक ढुण्डिराज बख्रेलले यो कुराको पुष्टि गरेका छन् । २०७३ सालमा गौरिशंकर उमाविमा कक्षा एघारमा भर्ना भएका उनले सोही वर्ष जिल्लाकै पुरानो सामुदायिक रेडियो ‘हजुरको रेडियो १०२.१ मेगाहर्ज’मा समेत काम गरेका थिए । केही महिना रेडियोमा काम गरेर छोडेर थापा सिन्धुली जिल्लाको ग्वाल्टारमा रहेको फ्रन्टइएर बोर्डिङ स्कुलमा पढाउन समेत गए । त्यहाँ पनि विवाद भएपछि उनी छोडेर काठमाडौँ हानिएका थिए । काठमाडौँबाट रामेछाप जाँदा जनता रेडियो नेटवर्कमा काम गर्छु भन्ने थापा एकाएक हराएका थिए । 

भोजपुर घर भएका उनी मावलीमा बसेर पढेका थिए । उनका पीता सेनाको जागिरकै क्रममा वितेका थिए । आमाले चिया दोकान गरेर उनलाई हुर्काएकी र पढाएकी थिईन । २०७२ सालमा कक्षा १० मा अध्ययनकै क्रममा उनी तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा पनि अवद्ध भएका थिए । 

झण्डै तीन महिना हराएका उनी ज्योतिष हुँ भन्दै देखा परे । एक युटुब च्यानलले उनको अन्तरवार्ता प्रशारण गरेपछि विभिन्न युटुब च्यानलहरुमा उनको अन्तरवार्ता प्रकाशित भएको थियो । 

उनले आफूलाई विभिन्न अन्तरवार्तामा २७ वर्षीय र विभिन्न देशको अवार्ड समेत जितिसकेको बताएपनि उनको जन्म २०५७ असोज २४ गते भएको हो ।

उनले विभिन्न युटुब च्यानलमा अन्तरवार्ताको क्रममा देशमा भूकम्प आउने, वर्तमान सरकार २०७८ सालभन्दा नटिक्ने, २०८० सालसम्ममा नेपालमा राजा आउने लगायतका भ्रमित अफवाह फैलाउदै आएका छन् । 

यो पनिः

भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिष’ पक्राउ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved