सर्टिफिकेट धितो राखेर ऋण लिन कोही आएनन्ः अर्थमन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 01:08:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर सरकार ऋण दिन तयार रहेको बताएका छन् । डाक्टर खतिवडाले युवाहरुले नै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले नै चासो नदिएको बताए । 

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको भन्दै सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार ऋण दिन तयार भए पनि ऋण लिनेहरु तयार नभएको बताए । 

चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख थियो । तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved