बजार निर्माताको लाइसेन्स खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 11:16:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक Nepal Rastra Bank ले बजार निर्माताको लाइसेन्सको लागि आवेदन खु्ल्ला गरेको छ । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले लामो अवधिका राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक एवम् दोस्रो बजार कारोबार र वैदशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार मात्र गर्न जारी गरेको लाइसेनस नविकरण तथा नयाँ लाइसेन्स लिनको लागि आवेदन माग गरेको हो । 

राष्ट्र बैंकले नेपाल सरकारको तर्फबाट विभिन्न प्रकारका ऋणपत्रहरु निष्कासन गरी आन्तरिक ऋण उठाउने कार्य गर्दै आइरहेको सन्दर्भमा बैंकले “बजार निर्माता सम्बन्धी कार्यविधि, २०७० (पहिलो संशोधन २०७३ सहित) जारी गरी विभिन्न संस्थाहरुलाई बजार निमार्ताको इजाजतपत्रहरु प्रदान गर्दै आएको थियो । 

सोही कार्यविधी अनुसार बैंकले इजाजतपत्रहरुको नवीकरण गर्न इच्छुक संस्थाहरुले इजाजतपत्रको बहाल अवधि समाप्त हुन अगावै तथा नयाँ इजाजत लिन इच्छुक संस्थाहरुले आवाश्यक कागजात सहित राष्ट्र बैंकको राष्ट्रऋण ब्यवस्थापन विभागमा आवेदन दिुनपर्ने बैंकले प्रकाशित गरेको सुचनामा उल्लेख छ । 

आवाश्यक कागजातहरु



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved