भारतका दिग्गज कलाकारको निधन, सरकारले दियो सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 11:20:28 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय नाटककार गिरीश रघुनाथ कर्नाडको निधन भएको छ । सोमबार बिहान ८१ बर्षकोे उमेरमा भारतको कर्नाटक राज्यको बैंगलरमा उनको निधन भएको हो । उनी निर्देशक, लेखक एवं अभिनेता समेत हुन् । 

उनले सन् १९६० को दशकमा नाट्यलेखनबाट कलायात्रा सुरु गरेका थिए । फिल्मि करियर उनले कन्नड भाषाको चलचित्रबाट सुरु गरेका थिए । उनले संस्कारा नामक कन्नड फिल्मबाट सन् १९७० मा फिल्मि यात्रा सुरु गरे । उनको अन्तिम फिल्म बलिउड फिल्म टाइगर जिन्दा है बन्न पुग्यो । उक्त फ्लिममा उनले रअ को एजेन्टको भूमिका निर्वाह गरेका थिए । उनले मल्गुदि डेज् टिभि सेरिजमा पनि काम गरेका थिए ।

कन्नडले केहि हिन्दि र केहि कन्नड भाषाका फिल्म पनि निर्देशन गरेका छन् । उनले ययाति, नागमन्डल, अग्नि और बरखा, अञ्जु मल्लिगे, अन्ग्निमतु माले, हयवदन, तुंगलक नाटकहरुको रचना र मन्चन गरेका छन् ।

कर्नाडको योगदानका लागि उनलाइ ज्ञानपीठ पुरस्कार, साहित्य अकादमी पुरस्कार, पद्मश्री, पद्म भूषण, संगीत नाटक अकाद्मी पुरस्कार, कन्नड साहित्य अकादमी पुरस्कारलगायतले सम्मान गरिएको थियो । 

कर्नाटक सरकारले उनको निधनमा सोमबार सार्वजनिक बिदा दिएको छ भने बुधबारसम्म शोक मनाउने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved