बुढानिलकण्ठ नगरपालिकाले दियो मिडियालाई सरकारी जग्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 07:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको १३ रोपनी भन्दा बढी जग्गा एक मिडिया हाउसलाई लिजमा दिने निर्णय गरेको छ  । नगरपालिकाले बूढानीलकण्ठ–२ साबिकको चपली भद्रकाली ६ (ख) १ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन सञ्चार समूहलाई दिने निर्णय गरेको हो ।

उक्त समुह मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता रहेको र समुहले पेश गरेको योजना अत्यन्तै उपयुक्त र राम्रो देखिएकोले सो जग्गा ३० बर्षसम्मको लागि लिजमा दिन जिल्ला प्रशाशन कार्यालय काठमाडौँमा सिफारिस भएको हो । 

उक्त समुहले www.pariwartankhabar.com अनलाइन न्युज पोर्टल समेत चलाउदै आएको छ। समुहले सामुदायिक हितलाई मध्यनजर गर्दै निःशुल्क योग ध्यान तथा सामुदायिक हल, सामुदायिक पुस्तकालय, क्यामेरा तथा कम्प्युटर सिकाई केन्द्र सहित स्थानीयवासीको माग बमोजिम गायत्री पार्क समेत निर्माण गर्ने उद्देश्य लिएको बताएको छ ।

यद्यपि जग्गा लिज दिने अधिकार स्थानीय निकायलाई हुँदैन। यस बिषयमा मन्त्रिपरिषदले निर्णय गर्नु पर्छ  नगरपालिकाले आफुले निर्णय गरेर बाँकि प्रक्रियाको सिफारिस गरेको हो  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved