लोकसेवा तयारी गरिरहेका विद्यार्थीद्वारा आन्दोलनको घोषणा, संसदीय समितिलाई दिए यस्तो चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 07:20:47 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले नीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन रोक्न लोकसेवालाई निर्देशन दिएको प्रति विद्यार्थीहरु आन्दोलित भएका छन्  । लोक सेवाको तयारी गरिरहेका विद्यार्थीहरुले  लोक सेवा तयारी विद्यार्थी संघर्ष समिति गठन गरेका छन्  । मंगल थापाको संयोजकत्वमा समिति गठन गर्दै आन्दोलनको घोषणा गरेका हुन् । 

संघर्ष समितिले  सुशासन तथा राज्य व्यवस्था समितिले कर्मचारी भर्ना सम्बन्धि विज्ञापन रोक्न र ‘करारमा कर्मचारी’ नियुक्ति गर्न भनि दिएको निर्देशनप्रति  घोर आपत्ति जनाएको हो । यसबाट लाखौ  विद्यार्थीहरु चिन्तित बनेको समितिले बताएको छ  ।  

समितिले लोक सेवा आयोग बाट नै परीक्षा गर्न आग्रह गरेको छ  । समितिले बह्नेको छ ‘‘योग्यता प्रणालीलाई आधार बनाई स्थायी सरकारकोरुपमा रहेको निजामति सेवा र सेवा सञ्चालन गर्ने विभिन्न निकायहरुमा ‘निष्पक्ष र पारदर्शि तवरले परीक्षा लिई, योग्य कर्मचारी भर्ना छनौट गर्ने प्रक्रिया’ सम्मानित लोक सेवा आयोगबाटै गरियोस’’ भन्ने हाम्रो प्रमुख माग हो । साथै संघर्ष समितिले संसदीय समितिलाई आफ्नो निर्णय यथाशीघ्र फिर्ता लिन र तथा यस्ता असंवैधानिक तथा नीति विपरितका कार्य नगर्न चेतावनी दिएको छ ।

संघर्ष समितिले जेठ २९ बिहान ९ बजे माईतिघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण विरोध ¥याली गर्ने भएको छ। र्यालीमा नागरिक अभियन्ता तथा सुशासन पक्षधर विभिन्न वक्ताहरुको सहभागितासहितको सम्बोधन रहने समितिले जनाएको छ  ।

साथै समितिले  आज भएको शान्तिपूर्ण बिरोध प्रदर्शनमा बानेश्वरमा प्रहरीले गरेको धरपकड र दमनप्रति खेद प्रकट गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved