अबैध रुपमा नेपाल छिरेका पाँच भारतीय गाडी प्रहरीको कब्जामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 09:59:44 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङमा अवैधरूपमा चलिरहेका भारतीय गाडीलाई ट्राफिक प्रहरिले पक्राउ गरेर  कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो ।

प्रहरिले रुट परमिटविनै यात्रु बोक्दै आएको एउटा बोलेरो र चार जिपलाई  नियन्त्रणमा लिई रु एक÷एक हजार जरिवाना काटेर थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय दाङमा पठाएको छ ।    

भारतीय गाडी दाङ आएर व्यावसायिकरूपमा यात्रु ओसारपसार गरिरहेको भन्ने जनगुनासो व्यापक रुपमा आएपछि ट्राफिक प्रहरिले निगरानि बढाएको  ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरले बताए ।

 त्यस्ता सवारीसाधन भन्सार अनुमति लिएर निश्चित प्रयोजन र निश्चित समयका लागि मात्रै नेपालमा सञ्चालन हुन पाउने प्रावधान छ । यसरि सन्चालन हुने सवारिलाई यातायात व्यवस्था कार्यालयले रु पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved