संसदमा रामकुमारी झाँक्रीको आक्रोश ‘ल्यापटप बाढ्ने बहानामा सांसदको हुर्मत लिने काम नहोस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 10:46:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप बाँड्ने संसद सचिवालयको निर्णयप्रति आपत्ति जनाएकि छिन् । बिहिबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाँक्रीले प्रविधिमैत्री बनाउने र बन्ने नाममा सांसदको हुर्मत नलिन आग्रह गरिन् । 

उनले संसदमा भनिन्, “सांसदहरूलाई यस्ता खुद्रा–मसिना कुराहरू बाँड्ने र हुर्मत लिने काम बेलाबखत भइरहेको छ । कहिले ६ करोडको सांसद विकास कोषको नाममा, ०५१ सालमा गरिएको भन्सार सुविधामा सांसदहरूले गाडी ल्याउने कुरा, यस्ता सबै कुराले सांसदलाई जनताबाट डिट्याच (विमुख) गर्ने, सांसदप्रति जनताको नकारात्मक भावनाको विकास भएको देखिन्छ ।”

संसद् सचिवालयले केही दिनअघि प्रतिनिधिसभाका १६५ प्रत्यक्ष, ११० समानुपातिक र ५९ राष्ट्रिय सभाका सदस्यलाई एक–एकवटा ल्यापटप बाँड्ने प्रक्रिया थालिएको बताएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved