युवा बिद्यार्थीको प्रश्न: १० लाख डिप्रेशनको शिकार भए कस्ले जिम्मा लिन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 09:15:36 PM मा प्रकाशित

laxmi  sunrise bank

लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले स्थानीय तहमा कर्मचारी भर्नाका लागि प्रकाशित बिज्ञापन रोकिए कडा कडा संघर्ष गर्ने चेतावनी दिएको छ। समितिले रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। 

समितिका संयोजक मंगल थापाले प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने बताए। राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगत देखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताए । देशभरबाट आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन आग्रह समेत गरे । 

उनले भने,‘देशमा सधै युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो ।’ योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भनाई गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको बताए । 

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए । उनले भने,‘यस्ता कदम युवाविरोधी हुन् ।’  

अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाए । देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved