काभ्रेमा टिफर दुर्घट्ना, चालकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 12:41:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा टिफर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ । धुलिखेल नगरपालिका ११ स्थित काभ्रे भञ्ज्याङ सिमल बोटमा शनिबार विहान करिब ५ः३० बजे भकुण्डेबेशीबाट काभ्रेभन्ज्याङ तर्फ आउदै गरको बा २ क ४६७५ नं. को लोड टिफर दुर्घट्नामा परेको हो । 

काभ्रे प्रहरीका अनुसार निधन हुनेमा चालक गोरखा जिल्ला गण्डक गाउँपालिका वडा नं. ६ ध्यालचोकका २६ वर्षीय भुपेन्द्र रेग्मी रहेका छन् । 

टिफर सडकबाट १०० मिटर तल खसेको बताईएको छ । प्रहरीले रेग्मीलाई सोही टिफरले च्यापी रहेको अवस्थामा उद्धार गरी उपचारको लागी धुलिखेल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्यानसाथ उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved