गगन थापाले भने, ‘अरिङ्गाल बाहेक सबै असुरक्षित’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 11:42:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कोही पनि सुरक्षित नरहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद थापाले गुठी विधेयक लगायतका सम्बन्धमा सरकारको सरकारको आसय र नियत नै गलत भएको बताए । 

लेखक ब्रजेश खनालको उक्ति सापटी लिँदै थापाले भने, ‘सायद लेखक ब्रजेश खनालले भन्नुभए जस्तै, तँ बोल् त्यतिमात्रै जे म सुन्न चाहन्छु, तँ हेर् त्यतिमात्रै जे म देखाउन चाहन्छु, तँ सुन् त्यतिमात्रै जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रताको घेरो मैलेको कोरेको शून्यभन्दा बाहिर छैन । तँलाई थाहा छ म को हुँ ? सरकार हुँ म सरकार ।’ 

उनले थपे, ‘चलचित्रकर्मी साथीहरु त्यसकारणले होसियार, तपाईंको कथा, संवाद, गीतमा अब कसैलाई जिस्काउने कन्टेन्ट छ भनेर हिरासतमा बस्नुपर्ला ।’ 

उनले भने, ‘गुठियारहरु होसियार, गुठी भनेको सामन्तवादी प्रबन्ध हो भन्ने सरकारी मुखलाई खबरदारी भनेर लेख्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष जेलभित्र बस्नुपर्ला ।’ 

कोही पनि सुरक्षित नरहेको भन्दै थापाले भने, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्रै रहेर फरक मत राख्ने साथीहरु पनि होसियार, किनकि, यहाँ कोही पनि सुरक्षित छैन । यहाँ केबल अब सरकारका अरिंगालहरु मात्रै सुरक्षित रहन्छन् ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved