दुर्घटनामा बेपत्ता उपाध्यक्षको शोकमा खार्पुनाथ गाउँपालिकामा सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 09:46:27 AM मा प्रकाशित

laxmi  sunrise bank

हुम्लामा भएको जीप दुर्घटनामा बेपत्ता हुनेको संख्या ११ पुगेको छ । यसअघि जीपमा १० जना रहेको भनिएपनि जीपमा एक जना कुक म्यान समेत रहेको खुलेको छ । जीपमा कतिजना सवार थिए भन्ने अझै नखुलिसकेकाले बेपत्ताको संख्या बढ्ने सक्ने अनुमान गरिएको छ । 

बेपत्ता भएकाहरू नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौडा नजिकै खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जीप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्र्स भेटिएको छ । 

बेपत्ताको खोजीका लागि गोताखोर टोली पनि खटिएको छ । मंगलबार सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिका कार्यालय याङचुबगर जाने क्रममा लु १ ज ७१६६ नम्बरको बलेरो जीप नदीमा खसेको थियो । 

सार्वजनिक बिदा

खार्पुनाथ गाउँपालिकाको बुधबार बसेको आकस्मिक बैठकले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, असार १५ गते शोक सभासहित सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै पालिकाभित्र रहेका सरकारी, गैरसरकारी एवम् विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved