मनसुन नेपाल भित्रेको घोषणा, यस पटक कहाँ कति पर्छ पानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 12:57:13 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रेको घोषणा गरेको छ । विभागले आज असार ५ गतेदेखि मनसुन नेपाल भित्रिएको घोषणा गरेको हो । 

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमश मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ र केही दिन भित्रै नेपालभर फैलिने अनुमान गरिएको छ। नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन १०  दिन ढिलो शुरू भएको छ।

नेपालमा साधारणतया: जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ। यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ प्रदेश २ प्रदेश ३ र प्रदेश ५ को  केहि पश्चिमी  भू-भागहरुमा औसत भन्दा कम वर्षा  हुने अनुमान गरिएको छ भने बाकि प्रदेशहरु गण्डकीकर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ ।


स्मरणिय छसामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९०% देखि ११०% सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मनिन्छ।  





विभागले मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा महाशाखाको website www.mfd.gov.npनोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather बाट प्राप्त गर्न सकिने जनएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved