मलेसियन विमान खसाल्ने रुसी नागरिक दोषी ठहर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 03:10:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँच बर्षअघि भएको मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसाल्नेमा ४ जना दोषी देखिएका छन् । तीन जना रुसी र एक जना युक्रेनि नागरिक दोषी देखिएको उक्त घटनाको छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले बताए ।

पाँच वर्षअघि नेदरल्यान्ड्सको आम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुर जाँदै गर्दा युक्रेनको आकाशमा उडिरहेको उक्त विमान क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो । उक्त आक्रमणमा विमानमा यात्रारत सबै २९८ जनाको यात्रुको मृत्यु भएको थियो ।

दोषी ठहर भएको  चारै जनामाथि अर्को वर्ष मार्चदेखि  नेदरल्यान्ड्समा मुद्दा चलाइनेछ । तर रुसी र युक्रेनी दुबै मुलुकले चार व्यक्तिलाई नेदरल्यान्ड्स सुपुर्दगी गर्न अस्वीकार गरेका कारण उनिहरुको अनुपस्थितिमै मुद्दाको सुनुवाई हुनेछ । रुसले विमान खसालिएको सम्बन्धमा आधारहीन आरोप लगाएको भन्दै आफ्ना नागरिक निर्दोष रहेको जनाएको छ । 

नेदरल्यान्ड्सको अनुसन्धान टोलीको सिफारिस बमोजिम दोषी ठहर गरिएका चारै जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको छ । दोषी ठहर गरिएका रुसी नागरिकहरुमा आइगोर गर्किन, सर्गेइ डुबिन्स्की र ओलेग पुलाटोभ तथा युक्रेनी नागरिक लियोनिद खार्चेन्को रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved