मोदीले किन गरे ओलीको ट्वीटमा रिट्वीट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 02:26:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व योग दिवसका अवसरमा गरेको ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिट्वीट गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरबाट ‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।’ भनेर ट्वीट गरेका थिए । 

प्रधानमन्त्री ओलीको उक्त ट्वीटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रूपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’ भनेर लेखेका छन् । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved