विदेशी टिभी च्यानल बन्द गर्नेविरुद्ध उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 12:34:00 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभी च्यानल बन्द गर्ने इन्टरनेट तथा टेलिभिजन व्यवसायीविरुद्द उजुरी परेको छ । उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गरेको हो । मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो ।

रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि च्यानल बन्द गरेर अन्याय गरेको आरोप लगाउँदै मञ्चले उजुरी दर्ता गरेको हो । 

नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन भन्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेको छ । मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उजुरी दर्ता गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved