ब्रोकर नंम्बर ५७ आर्यतरा सेक्युरेटिजले कम्पनीले विद्यार्थिहरुलाई शेयर तालिम प्रदान गरेको छ । कम्पनीले दाङमा शाखा स्थापना गरेसँगै स्थानीय स्तरमा शेयर बजारको बारेमा जानकारी गराउने उदेश्यले तालिम संचालन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले दाङको भिक्टोरीया इन्टरनेशनस कलेज, दाङ भ्याली कलेज र मार्क इन्टरनेशनल कलेजका ५०० भन्दा बढी विद्यार्थिलाई तालिम प्रदान गरेको हो । आर्यतारले बैंशाख २९ गते बाट दाङमा शाखा संचालनमा ल्याएको हो । विद्याथिहरुलाई शेयर कसरी कारोबार भन्ने विषयमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।