अपर तामाकोशीको साधारणसभा स्थगित भएको छ । बुधबारको लागि तोकिएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो । कम्पनी ऐन २०६३ अनुसार साधारणसभामा प्रस्ताव पारित गर्नको लागि कम्तिमा ६७ प्रतिशत शेयर स्वामित्व भएका शेयरधनी उपस्थिति हुनु पर्ने छ । स्वयम् र प्रोक्सीमा समेत गरी गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । सभामा ५६ प्रतिशत शेयर स्वामित्व भएका शेयरधनी मात्र उपस्थित भएका थिए ।
कम्पनीका सीइओ विज्ञानराज श्रेष्ठले अब अर्को साधारणसभाको मिति आज बेलुकी सम्म तय हुने बताएका छन् । आज बेलुका नै बोर्ड बैठक बसेर नयाँ मिति तय गरिने श्रेष्ठले बिजपाटीलाई बताए । स्थगित भएको साधारणसभा बोलाउन कम्तिमा ७ दिन अगाडी सार्वजनिक सूचना निष्काशन गर्नु पर्ने प्रावधान छ ।
साधारणसभामा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ४ जना संचालकको निर्वाचान गर्ने एजेण्डा थियो ।
४ जनाको लागि १२ जनाले उम्मेदवारी दिएका थिए।
यस्ता छन् उम्मेदवार ।