यस्तो छ टेलिकमबाट एसइई नतिजा हेर्ने तीन तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 09:51:18 AM मा प्रकाशित

laxmi  sunrise bank

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहिबार सार्वजनिक हुँदैछ । नेपाल टेलिकमले परीक्षाको नतिजा सहजै थाहा पाउने माध्यम उपलब्ध गराएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउन टेलिकमको मोबाइलबाट see पछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । 

यो बाहेक १६०० मा कल गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ ।  

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । यसरी नतिजा हेर्दा मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved