दीपक मनाङ्गे नेकपा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 07:26:14 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) सत्तारुढ पार्टी ‘नेकपा’मा प्रवेश गरेका छन् । राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

उनीहरुलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् । मनाङ्गेलाई टीका लगाइदिएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरे । 

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गे नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved