भारतमा नयाँ बजेट: नेपालमा के सस्तिन्छ ? के महंगीन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 05:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक बर्ष बजेट पेश गरेकी छिन् हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको यो पहिलो बजेट हो।

 मन्त्री सीतारमणले भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र पाँच ट्रिलियन अर्थात् पचास खर्ब डलर बराबरको पुर्‍याउने घोषणा गरेकी छिन्। त्यसको अर्थ हो, आगामी पाँच वर्षमा भारतीय अर्थतन्त्रको आकार हालको भन्दा झण्डै दोबर पारिनेछ।  

संसदमा आफ्नो पहिलो बजेट प्रस्तुत गर्दै उनले त्यो लक्ष्य हासिल गर्न थुप्रै नयाँ योजनाको घोषणा गरिन्। त्यस्ता नयाँ योजनाहरूमा सामाजिक पूर्वाधार विकासदेखि लिएर अन्तरिक्ष तथा वातावरणसम्बन्धी कार्यक्रमहरू समावेश छन्। सन् २०२२ भित्र सबै ग्रामीण परिवारको पहुँचमा बिजुली र सफा खानपानको सुविधा पुर्‍याउने घोषणा उनले गरिन्।

बजेटमार्फत वार्षिक २ देखि ५ करोड भारु आम्दानी हुनेमाथि ३ प्रतिशतको अतिरिक्त कर लगाइने बताइएको छ। त्यस्तै वार्षिक ५ करोड भन्दा धेरै आम्दानी हुनेमाथि ७ प्रतिशतको अतिरिक्त कर लगाइने छ। 

भारतले बजेट मार्फत केहि समानमा कर लगाएको छ भने केहिमा कर छुट दिएको छ । कर लगाएका सामानको मूल्य बढ्ने छ भने कर छुट भएका सामानको मूल्य घट्ने छ । भारत नेपालको सबै भन्दा ठुलो ब्यापार साझेदार हो । सोहि कारण भारतमा मुल्य तल माथि हुँदा त्यसको प्रभाव नेपालमा पनि पर्छ ।

के महँगो हुन्छ ? 

भारतले थप कर लगाएको कारण भारतबाट आयात हुने निम्न बस्तुहरु अब नेपालमा महँगो हुने छ ।

सुन, चाँदी, प्लेटिनम धातु

डिजेल, पेट्रोल

सुर्ती, चुरोट

संगमरमर स्लैब

काजु

पाम स्टियर तथा २० प्रतिशत भन्दा बढी फैटी एसिड भएका तेल 

प्लास्टिकजन्य उत्पादनहरु 

कागज, किताव 

टाईल्स, सेरामिक

खियाँ नलाग्ने स्टिलका उत्पादन

फर्निचरका सामान

एसी

हंगकंग अटोमोबाइल्सका सामान 

सीसी क्यामेराको चार्जर र एड्याटर, आईपी क्यामेरा, भिडियो रेकर्डर, सिसिटिभी क्यामेरा, लाउडस्पिकर,

अप्टिकल फाइबर र तिनका केवल , 

अटोमोबाइल्स


के सस्तो हुन्छ ?

भारतले  कर छुट दिएका कारण भारतबाट आयात हुने निम्न बस्तुहरु अब नेपालमा सस्तो हुने छ ।

ऊनको कपास र ऊनका सामान 

सुरक्षा सामग्री

मेडिकल सामग्री 

मोबाइलका पातपुर्जा, चार्जर, एड्यापटर, मोबाइल डिस्प्ले, सेट अप बक्स, 

विद्युतीय सवारीका सामग्री 

न्युक्लियर पावर प्लान्टलाई आवश्यक सामग्री 

लेदर लगायतका छालाजन्य सामान 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved