सक्रिय हुन सकेन मनसुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2019 | 01:42:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा मनसुन प्रवेश गरेको घोषणा भएको हप्तादिन नाग्दासमेत मनसुन सक्रिय हुन सकेको छैन । न्यूनचापीय रेखा मध्य भारतमै अड्किएकाले नेपालमा मनसुनी गतिविधि बढ्न नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाको भनाई छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा तीन–चार दिनमा नेपाल आइपुग्ने अनुमान गरिएको छ । 

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

आइतवार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved