वर्षाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 02:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहानै देखिको अविरल वर्षाको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । हालसम्म ३९ जिल्लामा बाढी र पहिरो गएको छ ।

हालसम्म पानीका कारण पहिरो र बाढी आउँदा ११ जनाको मृत्यु भएको छ । बनेपाका ५५ वर्षीया गोमा दंगाल र उनकी ७ वर्षीय नातीनि सोहनी दंगालको पहिरोमा परी मृत्यु भएको छ । रामेछापमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । 

भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले पुरिँदा ६६ वर्षीय जगतबहादुरको मृत्यु भएको हो । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको मृत्यु भएको छ । 

ललितपुरमा पनि पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको छ । पर्सामा बाढीले बगाएर १० बर्षका निखिल पटेलको मृत्यु भएको छ ।

मकवानपुरको थाहा नगरपालिका ३ की बालिका सञ्चना बलामीको मृत्यु भएको छ । काठमाडौंको मुलानीमा घर भत्किा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् । 

यस्तै खोटाङमा ३ जना बेपत्ता छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved