सप्तकोशीमा खतराको सङ्केत, ३० ढोका खोलिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 11:04:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन् । आज बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७०० क्यूसेक पानी पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।

नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । पानीको बहाव बढेर गएपछि पूर्वपश्चिम आवतजावत गर्ने सवारीसाधनलाई पालोपालो जाने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल भण्टाबारीका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए ।

हिजोदेखि कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उनले बताए । दुवैतिरको नहर पनि खोलिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved