बाढीले तटबन्ध बगायो, सयौ घर डुबानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 08:07:50 PM मा प्रकाशित

laxmi  sunrise bank

टीकापुर नगरपालिका–५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध कर्णाली नदीको बाढीले बगाएको छ । दुई दिनदेखिको वर्षाका कारण कर्णालीमा पानीको सतह बढेको छ ।

रानी जमरा, कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको शाहीपुरको तटबन्ध बाढीले भत्काएको हो । आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइ तथा ३० मिटर लम्बाइ रहेको सो तटबन्धमध्ये झण्डै दुई मिटर भत्काएको वडा नम्बर ५ का वडाध्यक्ष रामशङ्कर डगौराले जानकारी दिए । “पानीको बहाब बढ्दै गएपछि लगातार कटान भइरहेको छ”, उनले भने ।

बाढीका कारण टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नम्बर ६ को नारायणपुर, वडा नम्बर ७ को सत्ती, वडा नम्बर ८ को धनसिंहपुर क्षेत्र प्रभावित बनेको छ । तटबन्ध भत्किएपछि टीकापुरका सयौँ घर डुबानमा पर्ने स्थिति छ । आयोजनाले पाँच वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved