बाँकेमा हिरासतबाटै थुनुवा फरार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 11:05:34 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार राति बाँकेको खजुरा गाउँपालिकामा रहेको प्रहरी हिरासतबाट तिन जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय धनौलीमा रहेको प्रहरी  हिरासतबाट गाउँपालिकाकै वार्ड नम्बर ४ का सिमन विक, ३ का निर्मल थापा र उज्ज्वल कार्की फरार भएका हुन् ।

प्रहरी कार्यालयको हिरासतमा रहेका चार थुनुवामध्ये तीन जना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेको  बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। 

फरार भएकाहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ ।

२३ जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन ६ दिनको बिदा लिएर उपचारका लागि काठमाडौँ गएकै दिन शनिबार राति उनीहरु फरार भएका हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved