‘भेहिकल ट्रयाकिङ सिस्टम’ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 11:26:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ सुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्रणालीको उद्घाटन गरे ।

उक्त सिस्टमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहे पनि कार्यव्यस्ताका कारण उनी आउन सकेनन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रधानमन्त्रीले पठाएको लिखित मन्तव्य पढेर सुनाए ।

प्रधानमन्त्रीको लिखित मन्तव्यमा यो सिस्टमले सरकार र निजी क्षेत्र दुबैका लागि लाभदायक हुने र यसले कारोबारलाई पारदर्शी बनाउने उल्लेख थियो । 

यो सिस्टम राजस्व अनुसन्धान विभागले तयार पारेको हो । विभागले बनाएको सफ्टवेयरमा विवरण राखेपछि एक ठाउँबाट हिँडेको सवारी साधन गन्तव्य सम्म सहजै पुग्न सक्नेछ । विभागको वेवसाइटमा गएर विवरण राख्दा प्राप्त हुने ‘क्यू आर कोड’का आधारमा उक्त सवारी साधन कहाँबाट छुट्यो, कहाँ पुग्यो र सामान कहाँ झार्यो भन्नेबारे देख्न सकिने छ । विभागका महादिर्नेशक मैनालीले विभिन्न स्थानमा भएका विभागका चेक पोष्ट हट्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved