तत्काल प्यान लागु नगर्न घरेलु महासंघको माघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 12:58:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्न सक्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेको छ । 

आगामि आर्थिक बर्षदेखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरलाई अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लागु हुने भएपछि महासंघले लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागु गर्ने अबस्था नरहेको जनाएको छ ।

सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागु गरि त्यसको व्यवहारिक अनुभववाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागु गर्ने सहमति भएको थियो। सोहि आधार मान्दै यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले आग्रह गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved