सरकारका पछिल्ला ८ निर्णय, देश निकालादेखि नयाँ नियुक्तिसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 02:33:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  असार २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित एक कार्यक्रममा बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । 

यस्ता छन् निर्णयहरु :  

१. गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ ।

२. नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

३. तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन अर्व रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

४ . प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।

५ . बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि , २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।

६ . प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीनजना महिलासहित सातजनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

७ . राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा श्री नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।

८ . नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी ( अठारौं संशोधन नियमावली , २०७६ ) स्वीकृत गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved