दोर्दी खोला बाढी अपडेटः मृतक ४ को सनाखत, ६ जना अझै वेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 10:33:16 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङको दोर्दीखोलामाअचानक आएको बाढीले बगाएर मृत्यु भएका चारजनाको सनाखत भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका ८ का ५० वर्षीय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेतालनपा ६ का ५० वर्षीय रमेश बुढा, बाराको जितपुर उपमहानगर पालिकाका ३५ वर्षीय शिवलाल चौधरी र ३५ वर्षीय अन्सारी रहेका छन् । 

दोर्दी गाउँपालिकाको ४ शेरापुलनजिकै दुईजना र  ६ को किर्तीपुरबेसीमा २ जनाको शव फेला परेको थियो । 

प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार ६ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी, कञ्चनपुरका देवबहादुर कोली, डढेल्धुराका कर्ण बुढा, भोजपुरका दिवस कटुवाल, बाराका ज्ञानेन्द्र चौधरी र लमजुङका विनोद तामाङ छन् । उनीहरु सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार हुन् ।  

बाढीले ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved