२ बैंक समेत रहेको ६ तले व्यापारिक भवनमा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 05:27:20 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा शनिवार साँझ आगलागी भएको छ । शनिवार साँझ ७ बजे भएको आगलागी बेलुका ८:३० मा नियन्त्रणमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छ तलाको उक्त व्यापारिक भवनमा भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा लिइएको बताए । विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको प्रजिअ दाहालले बताए ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्तरुपमा परिचालित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं नायब प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनले आगलागीमा कुनै मानवीय क्षति नभएको र पहिलो तलामा रहेको एरिक जुत्ता पसलको एसी मेसिनमा विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए । विर्तामोडको मुक्तिचोकमा रहेको छ तले उक्त व्यापारिक भवनमा विराट एफएमको स्टेसन, लक्ष्मी र इन्भेस्टमेन्ट गरी दुई वटा बैंक, दुई वटा डिपार्टमेन्टल स्टोरसहित व्यापारिक पसल र होटल रहेका छन् ।

आगलागीबाट एरिक जुत्ता पसलमा मात्र क्षति पुगेको र अरु सबै पसल सुरक्षित रहेको प्रहरीले जनाएको छ । आगलागीमा पसलको करीब दुई करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले पसल धनीको भनाइलाई उद्धृत गर्दै बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved