नेपाल उद्योग परिसंघको प्रवक्तामा कृष्णप्रसाद अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 04:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल उद्योग परिसंघको प्रवक्तामा कृष्णप्रसाद अधिकारी चयन भएका छन् । संघको पदाधिकारी समितिको बैठकले परिसंघका उपाध्यक्ष अधिकारीलाई  प्रवक्ता तोकेको छ । 

प्रवक्ताको जिम्मेवारी सम्हाल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रले उठाएका एजेण्डाहरुलाई स्थापित गर्दै परिसंघको भूमिका बढाउन आफू क्रियाशिल रहने बताए । सरकार तथा  सार्वजनिक सरोकारका सबै निकायसँग थप साझेदारी तथा समन्वय विस्तारमा आफ्नो प्रयास केन्द्रित रहने पनि उनले उल्लेख गरे। 

चितवन उद्योग संघको पूर्व अध्यक्ष रहेका अधिकारीले परिसंघमा यस अघि पनि परिसंघ प्रदेशहरुको सञ्जाल विस्तार र जिल्ला संघहरुसँगको सम्बन्ध बढाउने कार्यमा सफलतापूर्वक जिम्मेवारी निभाउँदै आएका संघले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved