प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले बुधबार काठमाडौँसहित १५ जिल्ला बन्दको आह्वान गरेको छ । गए रातीदेखि नै आगजनीका घटना भईरहेका छन् ।
विप्लव समूहले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ को कार्यालयमा मंगलबार राति बम विस्फोट गराएको छ । जसका कारण कार्यालयमा भएका महत्वपूर्ण कागजात नष्ट भएका छन् । यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा पनि आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् ।
रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटार वडा कार्यालयमा पनि आगजनी भएको छ । मकवानपुरको हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक ट्वेन्टीफोर होटल नजिक राखेको शंकास्पद वस्तु भने नेपाली सेनाले निस्कृय पारेको छ ।
विप्लव समूहले गएराती मकवानपुरमा दुई वटा गाडीमा आगजनी गरेको छ ।