अबदेखि विदेशबाट समान ल्याउदा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य तोक्नु पर्ने भएको छ। भन्सार विभागले आर्थिक ऐन २०६८ मा भएको ब्यबस्था अनुसार समान ल्याउने ब्यापारीले भन्सार बिन्दु मै अधिकतम खुद्र मूल्य तोक्नु पर्ने ब्यबस्था गरेको हो ।
जस अनुसार सुरुवाती चरणमा टिभी र सवारी साधन सहित १२ प्रकारका सामानको मूल्य भन्सार विन्दु मै तोक्नु पर्ने भएको छ । विदेशवाट आयात गरिएका वस्तुहरुको मूल्यमा उपभोक्ता ठगिने गरेपछि सरकारले यस्तो नियम लागु गरेको हो। भन्सार मै अधिकतम मूल्य तोकेपछि त्यो भन्दा बढी मूल्यमा समान बिक्रि वितरण गर्न पाइने छैन ।
विभागले टिभी, घरायसी एसी, फ्रिज, वासिंङ मेशिन, मैअक्रो ओभन, इनर्जी ड्रिंक, मार्बल्स, ग्रेनाईट, टायल्स, कुकिंङ रेन्ज, भान्सामा प्रयोग हुने चिम्नी, डिजिटल क्यामेरा, भिडियो क्यामेरा र सवारी साधनहरुमा यस्तो व्यबस्था गरेको हो ।