संसदमा राजेन्द्र महतोको प्रश्न, ‘कृष्ण बहादुर महरा जेल चलान भनेर लेखे के हुन्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 12:31:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सरकारले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर भ्रम छरेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय माग गर्दै बोलेका सांसद महतोले सरकारले नागरिकता खारेजी गरेको जानकारी दिँदा ‘राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरिएको छ’ भनेर जानकारी दिएर आफ्नो भ्रम छरेको दाबी गरेका हुन् । 

सभामुख कृष्ण बहादुर महराकै नाम लिएर उनले कतै सामाजिक सञ्जाल र समाचारमा ‘कृष्ण बहादुर महरा जेल चलान भनेर लेखे के हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । 

महतोले सभामुखको नाम जोडेपछि नेकपाका सांसदले नियमापत्ति जनाएका थिए । प्रतिकुल शब्द हटाउन नेकपा सांसदले माग गरेपछि सभामुख कृष्ण बहादुर महराले महतोले बोलेका प्रतिकुल शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

गत साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रक्रिया पूरा नगरि बनाईएका ८ जनाको नागरिकता खारेज गरिएको जानकारी दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved