स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सेनाको सलामी लिन किन मानेनन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 12:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । मध्यान्ह १२ः२० मा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । स्वास्थ्य उपचार गराएका फर्किएका प्रधानमन्त्रीले आफ्नो भ्रमण अनौपचारिक भन्दै विमानस्थलमा सेनाको सलामी लिन मानेनन् ।

विमानस्थल पुगेका पत्रकारलाई पनि प्रधानमन्त्रीले रित्तै फकाईदिएका छन् । उनले पत्रकार सम्मेलन नगरेपछि पत्रकारहरु रित्तै फर्किएका हुन् । पत्रकारहरुले स्वास्थ्य अवस्थाबारे जानकारी दिन आग्रह गर्दा ओलीले  ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ’ भन्ने ठाडो उत्तर दिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता सुवास नेम्वाङ, बामदेव गौतम विमानस्थलमा पुगेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved