लामो दूरीका सवारीले २ चालक नराखे कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 08:53:02 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो दूरीमा चल्ने सवारीसाधनमा २ जना चालक हुनुपर्ने व्यवस्थामा कडाई गर्न लागिएको छ । लामो दुरीका सवारी साधानको दुर्घटनादर बढ्न थालेपछि यातायात व्यवस्था विभागले २ चालक हुनुपर्ने प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्ने भएको हो ।

विभागले आज मंगलबार एउटा सूचना गरि प्रस्थानविन्दुबाट २५० किलोमिटर वा सोभन्दा लामो दूरीमा चल्ने सवारीसाधनले अनिवार्य २ जना चालक राख्नुपर्ने जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ अनुसार लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनले कम्तीमा २ जना चालक राख्नुपर्ने व्यवस्था गरेको छ ।  प्रत्येक छ/छ घण्टामा आलोपाले सवारी हाँक्ने प्रावधानसहितको उक्त व्यवस्थालाई विभागले कडाईँ गर्न लागेको हो ।      

एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटना बढेको विभागको भनाइ छ । 

विभागले मध्यम दूरीमा चल्ने सवारी साधनले पनि प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने भएको छ । यातायात व्यवस्था ऐनमा मध्यम दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved