पूर्वयुवराज पारसद्वारा ड्युटीमा रहेका प्रहरीमाथि हातपात, कारबाहीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 09:16:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन। उनले ड्युटीमा रहेका प्रहरी नायव उपरीक्षकमाथि हातपात गरेका हुन् । 

आमा कोमललाई बिदा गर्न विमानस्थल पुगेका उनले विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा छोरा हृदयेन्द्र शाह र बहिनी पेरणाका छोरालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै प्रहरीको छात्तीमा समातेर धकेलेका थिए ।

उनका समर्थकले राजतन्त्रको नारा लगाउँदै गरेका बेला उनी भने सुरक्षार्थ खटिएका प्रहरीमाथि नै जाइलागेका छन। उनले फर्कीफर्की प्रहरीमाथि झम्टिएको भिडियो दृश्य अहिले सामाजिक संजालमा भाइरल भएको छ।  सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी माथिको दुर्व्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved