गाडी र होर्डिङ बोर्डबाट गरिएको विज्ञापनको कर उठाउदै महानगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:11:27 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिका ३५ दिन भित्र विज्ञापन वापतको कर तिर्न आग्रह गरेको छ  । महानगरले महानगर भित्र फ्लेक्स बोर्ड, होर्डिंङ बोर्ड, नियों साइन, डिजिटल बोर्ड, ग्लो साइन बोर्ड, सवारीसाधनमा राखिएका सामाग्रीको नियम अनुसार कर तिर्न आग्रह गरेको हो ।

तोकिएको ३५ दिन भित्र कर नतिरे ति विज्ञापन हटाउने र हटाउन लाग्ने खर्च विज्ञापनदाता स्वयंले तिर्नु पर्ने महानगरले बताएको छ  । काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४, काठमाडौँ महानगरपालिकाको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७०, र काठमाडौँ महानगरपालिका, आर्थिक ऐन, २०७६ को अनुसूची ९ एवं प्रदेश आर्थिक ऐनको दफा ५ बमोजिम काठमाडौँ महानगर क्षेत्रभित्र हुने सबै किसिमका विज्ञापनमा विज्ञापन कर तिर्न बुझाउन पर्ने कानूनी व्यव‚था रहेको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved