प्रदेश सरकारले दियो शुक्रबार सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 03:21:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ ६ गते शुक्रबार ‘गौरा पर्व’को अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

यस संगै कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक विदा हुने छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।

भाद्र कृष्ण पञ्चमीबाट सुरु हुने गौरा पर्व  पहाडी जिल्लावासीले मनाउने प्रमुख चाड हो । यो महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । ‘गौरा-महेश्वरको व्रत बस्नाले मनोकामना पूरा हुने, सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेला देखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती पनि  छ । 

यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ, कुस, तील लगायतका बोटबिरुवा प्रयोग गरी तयार पारेको गौरा भगवतीको प्रतिमालाई धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याउछन् ।

गौरा भित्र्याई सकेपछि व्रतालु महिलाले गौरी भगवती र महेश्वर भगवानको पूजाअर्चना गर्ने गर्दछन् । पूजामा विशेषगरी व्रतालु महिलाको सहभागिता हुने गर्दछ। पूजाको काम सकिएपछि हरेक दिन महिला–पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी र देउडा खेल खेलेर रमाइलो गर्ने  चलन छ  । अष्टमीको दिनदेखि समुदायमा देउडा खेल्ने चलन रहेकाले यो पर्वको सामाजिक महत्व पनि उत्तिकै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved