११ हजार मै बाइक बेच्दै धितोपत्र बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 10:34:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम गर्न भएको छ  । बोर्डले आफ्नो नाममा भएको ४ वटा  पुराना मोटरसाइकलहरु बिक्रि गर्नको लागि बोलपत्र आह्वान गरेको हो  । 

बोर्डले ति मोटरसाइकल हाल जे जस्तो अवस्थामा छ सोहीअवस्थामा बिक्रि गरिने जनाएको छ । बिक्रि गरिन लागेका ४ मध्ये ३ वटा मोटरसाइकल सन् २०११ मा बेनेको हो भने एउटा २००८ मा बनेको हो । सबै मोटरसाइकल यामाहाका हुन् । बोर्डले लिलाम प्रक्रियाको लागि न्युनतम ११ हजार देखि अधिकतम २१ हजार सम्म मूल्य तोकेको छ । बोर्डले आजको मितिले २१ दिन भित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ ।


यस्ता छन् लिलाम प्रक्रियाको लागि बोर्डले तोकेको शर्त हरु : 

(१) तोकिएको  समयभित्र  पेश  भएका सिलवन्दी  बोलपत्र उपस्थित  हुन  चाहेका  बोलपत्रदाता  वा  निजको  प्रतिनिधिको  रोहबरमा मिति २०७६।०५।२५को साँझ५ः१५बजे बोर्डको कार्यालय जावलाखेलमा खोलिनेछ ।बोलपत्रदाता वा निजको अधिकार प्राप्त प्रतिनिधि उपस्थित नभएमा सिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन ।

(२) बोलपत्र साथ बोलपत्र जमानत वापत आफूले कबोल गरेको रकमको दश प्रतिशतले हुन आउने रकम धरौटी स्वरुप नेपाल इन्भेष्टमेन्ट बैंक, बत्तीसपुतली शाखामा यस बोर्डको नाममा रहेको खाता नं. ०१९०१०३००२२९८७ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मितिले ३० (तीस) दिन मान्य अवधी रहेको बैंक जमानत (बैंक ग्यारेन्टी) पेश गर्नुपर्नेछ ।

(३) लिलाम सम्बन्धी बोलपत्र स्वीकृत भएको जानकारी दिएको मितिले तीन दिन भित्र सम्झौता गर्नुपर्नेछ । अन्यथा बोलपत्र रद्द गरी धरौटीवापत जम्मा गरेको रकम जफत गर्न सकिनेछ ।

(४) लिलाम सम्बन्धी फाराम वापतको फाराम दस्तूर रु. ३००।०० (रु. तीन सयमात्र–पछि फिर्ता नहुने) नेपाल इन्भेष्टमेन्ट बैंक लि. मा रहेको बोर्डको खातानं. ०१९०१०३००२२९८७ मा जम्मा गरको सक्कलै भौचर बुझाई यस बोर्डको प्रशासन शाखाबाट लिन सकिनेछ ।

(५) लिलाम हुने सामान हेर्न÷बुझ्न चाहनेले कार्यालय समय बिहान १०.०० बजेदेखि दिउँसो ३.०० बजे (शुक्रबार विहान १०.०० बजेदेखि दिउँसो १.३० बजे) सम्म यस बोर्डको कार्यालय, प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ।

(६) लिलाममा भाग लिने इच्छुक व्यक्तिले नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि वा आफ्नो परिचय खुल्ने प्रमाणित कागजात र इच्छुक फर्म वा कम्पनीले आफ्नो इजाजतपत्र तथा फर्म वा कम्पनी दर्ता प्रमाणपत्र (नवीकरण गरिएको),स्थायीलेखा नं. लिएको वा मूल्य अभिबृद्धि करमा दर्ता भएको तथा आ.व. २०७४।७५ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।

(७) बोलपत्र पेश गर्ने अन्तिम दिन तथा बोलपत्र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन सोही समयमा कायम हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved