मेघ गर्जनसहित वर्षातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 02:06:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आज देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही वर्षात् हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागको उत्तरतर्फ सरेकाले मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताए । 

मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय हुँदा मेघ गर्जन, हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । हाल देशका मध्य र पूर्वका अधिकांश र पश्चिमका धेरैजसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved