हिरासतमा रवि लामिछानेको अन्तरवार्ता: गैरजिम्मेवारीपनको पराकाष्टा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 09:00:34 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार टेक नारायण भट्टराइले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा रहेका टिभी प्रस्तोता रवी लामिछानेको अडियो अन्तर्वार्ता सार्वजनिक गरेका छन। हिरासतमै रहेको ब्यक्तिको अडियो अन्तर्वार्ता सार्वजनिक हुनुलाई कानुनविदहरुले 'गैर जिम्मेवारीपनको पराकाष्ट' भनेका छन। 

अनुसन्धान प्रभावित नहोस भनेर नै हिरासतमा राखिने सामान्य सिद्दान्त बिपरित हिरासतवटै अनुसन्धानमा रहेका व्यक्तिको अडियो अन्तर्वार्ता बाहिर आउनुलाई सर्वप्रथम प्रहरी प्रशासनबाट नै गैरजिम्मेवारीपन देखिएको कानुनविदहरुको भनाई छ।

कानुनविद भन्छन 'अनुसन्धानलाई प्रभावित बनाउन सक्छ भनेर नै आरोपितलाई हिरासतमा राखिन्छ, थुनछेक बहसको सिद्दान्तअनुसार पुर्पपक्ष र हिरासतमा राखेर अनुसन्धान गरिन्छ, हिरासत वा जेलभित्र हुने व्यक्तिलाई उन्मुक्ति हुन्छ, अर्थात जेल वा हिरासत भित्र उनीहरुले अनुसन्धान प्रभावित पार्ने कुनै काम गर्दैनन् भनेर नै जेलभित्र उन्मुक्ति दिने गरिन्छ' 

कानुन विद आफ्नो नाम नलेखिदिन आग्रह गर्दै भन्छन, 'रवीको केशमा प्रहरीबाट नै  गैरजिम्मेवारीपन देखियो, हिरासतमा भएका व्यक्तिलाई भेट्न जान दिने प्रचलन छ, तर त्यहाँ जाने व्यक्ति को जादै छ, के लैजादै छ भन्ने कुरा प्रहरीले नै ख्याल गर्नुपर्थ्यो, अब हिरासतमै रहेको व्यक्तिको अन्तर्वार्ता बाहिरिन्छ भने यसले अनुसन्धानलाई नै प्रभावित पार्छ, हिरासत वा जेल भित्र उन्मुक्ति हुन्छ भन्ने मान्यतालाई मान्दा रवीले  गल्ति गरे भन्न मिल्दैन।'

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा पुडासैनी बोलेको भिडियो र अर्का आरोपित अस्मिता नाम गरेकी महिलासंग जोडिएको मेसेज बाहिरिनुले  पहिले नै अनुसन्धान प्रभावित भईसकेको र अहिले रवीको अन्तर्वार्ता बाहिरिनुले प्रहरी प्रसासन फेरी चुकेको ति कानुनविदको भनाई छ। 'अनुसन्धान प्रभावित नहोस भनेर नै घटना घटेको ठाउँमा सिलबन्दी तथा घटनासंग जोडिएका सामान बरामद गरिन्' उनले भने, 'पत्रकार टेक नारायण भट्टराईलाई अनुसन्धान प्रभावित पार्न खोजेको आरोपमा कारबाही गर्ने ठाउँ प्रसस्त छ, प्रहरीले के गर्छ त्यो हेर्न बाँकी छ।'

यता अधिबक्ता स्वागत नेपालले हिरासत भित्रबाट कुनै पनि अन्तर्वार्ता दिन नपाईने बताए। आफु पनि हिरासतमा बसेको स्मरण गर्दै स्वागत नेपाल भन्छन 'अनुसन्धान जारी नै रहंदा हिरासतबाटै अन्तर्वार्त दिएर स्थितिलाई भड्काउने प्रयास भएको छ, यो गलत हो'। 

हिरासतबाटै अन्तर्वार्ता दिन पाइने स्वतन्त्रता आफुले आजसम्म नदेखेको उनले बताए। उनले भने 'अन्तर्वार्ता मात्र होइन , अदालत परिसर बाटै फेसबुक लाइभ समेत भएको छ, यो इतिहास मै पहिलो घटना हो, प्रधानमन्त्री केपी ओली जेलमा रहंदा समेत यति धेरै स्वतन्त्रता पाएका थिएनन्'। 

त्यस्तै प्रहरी अपराध महाशाखाका उच्च अधिकारिहरुले समेत अडियो अन्तर्वार्ता अनुसन्धानको सिद्धान्त विपरितको काम भएको बताएका छन। यसमा के कारबाही हुन्छ भन्ने स्पष्ट नभएपनि अनुसन्धान प्रभावित पार्ने व्यक्तिमाथि थप अनुसन्धान हुन सक्ने ति अधिकारिहरु बताउछन।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved