अपडेट: टिप्परले ३ बाइकलाई ठक्कर दिंदा १ जनाको घटनास्थलमै मृत्यु, ४ गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 08:20:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार साँझ काठमाण्डौको सिनामंगलमा भएको दुर्घटनामा एकजनाको घटनास्थलमै ज्यान गएको छ। घटनास्थलमै मृत्यु भएका व्यक्तिको पहिचान खुल्न नसकेको जनाइएको छ।  

तिनकुनेबाट गौशालातर्फ जादै गरेको टिपरले एक साथ ३ वटा बाइकलाई ठक्कर दिंदा ४ घाइते भएका छन। टिपरको ठक्करबाट ३ वटै बाइक कच्याककुचुक भएका छन् भने तिनमा सवारहरु सबै गम्भीर घाइते भएका छन् । घटनापछि टिपर फरार रहेको र खोजि भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्ने बाइकहरुमा ना ४३ प ८७३५ र बा ८५ प ५६९ रहेको छ  । अर्को एक बाइकको नम्बर खुल्न सकेको छैन। घाइतेहरुलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved