लगानीको वातावरण बिग्रियो भन्नेलाई अर्थमन्त्रीको प्रश्न, '२९ खर्ब ऋण लिने को हुन ?' (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 12:42:12 PM मा प्रकाशित

laxmi  sunrise bank

संघियतापछि मूलुकमा लगानीको वातावरण विग्रिएको भन्नेहरुप्रति अर्थमन्त्री डाक्टर युवाराज खतिवडाले आपत्ति जनाएका छन् । गत वर्ष मात्रै अघिल्लो वर्षको तुलनामा दोब्बर कम्पनीहरु दर्ता भएको तथ्यांक सुनाउँदै अर्थमन्त्री खतिवडाले लगानीमैत्री वातावरण सिर्जना भएको दाबी गरे । 

‘निर्यात १९ प्रतिशत कसरी भयो ? बैंकबाट त्यति धेरै मात्रामा ऋण कसले लियो ? आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि सकरी भयो ?’ मन्त्री खतिवडाले प्रश्न गरे । गत आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले करिब २९ खर्ब कर्जा लगानी गरेका छन् । 

नाडा अटो शोको उद्घाटन गर्दै उनले आयात प्रतिस्थापन हुँदै गएको दाबी पनि गरे । सरकारले राजश्व बोर्ड गठन गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै मन्त्री खतिवडाले गठनादेश मार्फत बोर्ड गठन हुने बताए । उनले गठनादेश तयार भईसकेको र मन्त्रिपरिषद्मा लैजाने तयारी भईरहेको जानकारी दिँदै राजश्व र भन्सार क्षेत्रमा बाँकी रहेको केही अन्यौलता बोर्ड गठन पश्चात समाधान हुने विश्वास व्यक्त गरे ।

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved