जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिलाएरै छाड्छुः मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 11:31:13 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयन गरिछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ७० वर्ष नाघेका वृद्ध–वृद्धालाई हवाई भाडामा छुट दिने कुरा सरकार र हवाई सेवा प्रदायकको साझा हुनुपर्ने बताए । 

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले सरकारले जेष्ठ नागरिकलाई सम्मान गर्ने भएकाले नीजि एयरलाइन्सको पनि सामाजिक उत्तरदायित्व हुने भएकाले सरकार पछि नहट्ने बताए । ‘एयरलाइन्सको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला, वृद्धवृद्धालाई सेवा दिँदा र नदिँदा पाप र धर्मका कुरा पनि हुन्छन् होला’ मन्त्री भट्टराईले भने । एयरलाइन्स आफैँले जेष्ठ नागरिकलाई छुट दिने घोषणा गर्नुपर्नेमा सरकारले ल्याएको कार्यक्रमलाई सहयोग गर्दिन भन्न नमिल्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved